नेपालमा कोरोना संक्रमणबाट नवौं व्यक्तिको मृत्यु
उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

२०७७ जेठ २२ बिहीबार, बिहान ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नवौं व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । भीमेश्वर नगरपालिका–२ का उनी भारतीय पूर्व सैनिक हुन् र मधुमेहका विरामी थिए ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ १२ गते दोलखा अस्पताल लगिएको थियो । १५ गते उनको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिजल्ट पोजेटिभ आएको थियो ।
त्यसपछि उनलाई लेभल थ्रीको त्रिवि शिक्षण अस्पतालको कोरोना विशेष अस्पतालको आईसीयूमा लगिएको थियो । उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…