सिरहामा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । गोलबजार नगरपालिका ३ स्थित गागन खोलाको जंगलमा आज (बुधवार) बिहान एक बालिका सामूहिक बलात्कारमा परेकी हुन् । पीडित बालिकाले आफूलाई चार जनाले जबरजस्ती करणी गरेर फरार जानकारी प्रहरीलाई गराएपछि घटना बाहिर आएको हो । प्रहरीलाई ज

२०७७ जेठ २१ बुधबार, दिउँसो ४:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
गोलबजार नगरपालिका ३ स्थित गागन खोलाको जंगलमा आज (बुधवार) बिहान एक बालिका सामूहिक बलात्कारमा परेकी हुन् । पीडित बालिकाले आफूलाई चार जनाले जबरजस्ती करणी गरेर फरार जानकारी प्रहरीलाई गराएपछि घटना बाहिर आएको हो ।
प्रहरीलाई जानकारी गराइएपछि संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ का २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका २ का २० र २३ वर्षका अम्बर यादव र जगरनाथ यादव र सुखिपुर नगरपालिका ६ बस्ने १९ वर्षको गोलु महतो रहेका छन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…