धनुषाधाम नपाको 'नगर सभा' आरम्भ
विनय कुमार यादव जनकपुरधाम, १४ माघ । धनुषाको धनुषाधाम नगरपालिकाको नगर सभाको गठनसँगै नगर सभाको सुरुवात समेत गरिएको छ । स्थानीय सरकार सँचालन सम्बन्धि ऐन २०७४ अनुसार नगरपालिका प्रमुख मेयर बालेश्वर मण्डलले नगर सभालाई उद्घाटन गरेका छन् । नगर परिषद्को लागि विभिन्न चरण मध्ये नगर सभाको उद्घाटनसँगै मेयर मण्डल

२०७४ माघ १४ आइतबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

विनय कुमार यादव
जनकपुरधाम, १४ माघ । धनुषाको धनुषाधाम नगरपालिकाको नगर सभाको गठनसँगै नगर सभाको सुरुवात समेत गरिएको छ ।
स्थानीय सरकार सँचालन सम्बन्धि ऐन २०७४ अनुसार नगरपालिका प्रमुख मेयर बालेश्वर मण्डलले नगर सभालाई उद्घाटन गरेका छन् ।
नगर परिषद्को लागि विभिन्न चरण मध्ये नगर सभाको उद्घाटनसँगै मेयर मण्डलले परिषद्को लागि कार्यप्रक्रिया अघि सारेका छन् ।
सरकारले पुस मसान्त भित्रै नगर सभा सम्पन्न गर्नुपर्ने प्रावधान जारी गरेपनि स्थानीय सरकारको नयाँ गठनकै कारण विभिन्न स्थानीय तहमा अझ सम्म परिषद् भ्याउँदै नभ्याएको देखिएको छ ।
नगर सभालाई उद्घाटन गर्दै मेयर मण्डलले धनुषाधाम नगरपालिकाको पहिलो ऐतिहासिक नगर परिषद्को लागि कुनै पनि कसर नछोडने प्रतिवद्धता जनाए ।
मण्डलकै अध्यक्षतामा बसेको नगर बैठकबाट आगामी कार्य सँचालन, योजना तर्जुमा सम्बन्धि छलफल, विकास निर्माणको नीति, आगामी कार्ययोजना, नगर सँचालन सम्बन्धि रणनीतिहरु बारे गहन छलफल भएको न्यूज ब्युरो सहकर्मी विनय कुमार यादवले जनाए ।
नगर सभाको समुदघाटन सँगै नगर परिषद्को लागि कार्ययोजना तथा अन्य प्रक्रियाहरु द्रुत गतिमा सँचालनमा ल्याउने दाबी मेयर मण्डलले गरे ।
नगर परिषद्को लागि ३६ करोड २ लाख ९० हजार ५ सय २१ रुपैयाँ बढी बजेट अनुमानित गरिएको जनाइएको छ ।
नगर सभा सँचालन बैठकमा नगरकी उपमेयर विद्या देवी भुजेलले आय व्यय सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने विभिन्न वडाका वडाध्यक्ष, नगरपालिका कार्यालयका पदाधिकारीहरु सहितको सक्रिय सहभागिता रहेको थियो ।
नगर परिषद् सम्पन्न भएपनि बजेट सार्वजनिकीकरणको मिति भने अझ तय भइनसकेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…