कोरोना सँक्रमितको सँख्या १०४२ पुग्यो !
अहिलेसम्म ५ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयको तथ्याँक छ ।

२०७७ जेठ १५ बिहीबार, दिउँसो ३:११ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा कोरोना भाइरसबाट सँक्रमितको कूल सँख्या १ हजार ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अधिकारिक वेभसाइटमा दिउँसो ३ बजेसम्म १ हजार ४२ जनामा कूल सँक्रमणको सँख्या देखाएको हो ।
विभिन्न प्रदेश गरी कूल ६० हजार ६ सय ९६ जनामा गरिएको पिसिआरको क्रममा १०४२ जनामा सँक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसका साथै, १०४२ जनामध्येबाट १ सय ८७ जना निको भएर घर फर्केका छन् भने अहिले सँक्रमितको सँख्या ८ सय ५५ जना रहेको छ । ८ सय ५० आईशोलेसनमा रहेको देखाइएको छ ।
विभिन्न प्रदेशहरु मध्ये प्रदेश नं. २ मा मात्र १४ हजार १४ जना क्वारेन्टाइनमा रहेका छन् भने देशभरिबाट ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म ५ जनाको कोरोनाबाट ज्यान गएको मन्त्रालयको तथ्याँक छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…