जनकपुरः ११ लाख मूल्य बराबरको 'दिलबाले' पक्राउ !
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले फेला पारी ट्रकसहित पक्राउ गरिएको हो ।

२०७७ जेठ १५ बिहीबार, दिउँसो २:३२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले कोरोना भाइरस रोकथामको लागि लगाएको लकडाउन उलंघन गरी ल्याएको लाखौं मूल्य बराबरको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ माछाबजार स्थितबाट गएराती (बुधबार राती) ट्रक सहित ११ लाखको मदिरा कारवाहीको लागि नियन्त्रणमा लिएको हो ।
माछाबजारस्थित महेश्वर मण्डलको घरको गोदाममा राख्न लागेको अवस्थामा प्रहरीले ११ लाख रुपैयाँ बराबरको “दिलवाले” नामक सौफी मदिरा बरामद गरेको हो ।
ना २ ख ८२७९ नम्बरको ट्रकमा ल्याई गोदाममा राख्न उक्त मदिरा झार्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले फेला पारी ट्रकसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीका अनुसार, लकडाउन उलंघन गरी ल्याउँदै गरेको ट्रक सहितको मदिरा आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…