देशभर बिहानैदेखि मौसम बदली, वर्षाको सम्भावना
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

२०७७ जेठ १५ बिहीबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज (बिहीबार) बिहानैदेखि देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) मध्य क्षेत्रमा मौसम सामान्य बदली छ भने देशका बाँकी स्थानमा आंशिक बदली छ ।
विशेषगरी अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा पश्चिमका केही स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
यस्तै राति पनि मध्य र पूर्वी भूभागका केही स्थान साथै पश्चिमी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भने पूर्वी भूभागनजिकै निम्न चापीय रेखा छ । साथै स्थानीय वायुको पनि प्रभाव छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…