आज गणतन्त्र दिवस : जनताको हालत उस्तै
देशमा गणतन्त्र आएको एक दशक बितिसक्दा पनि जनअपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनता उत्साहित हुन सकेका छैनन् ।

२०७७ जेठ १५ बिहीबार, बिहान ७:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा आज १३औं गणतन्त्र दिवस मनाइँदैछ ।
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् ।
जनआन्दोलन २०६२ र ६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।
सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिने गर्दथ्यो । तर गत वर्षबाट गणतन्त्र दिवसको विदा कटौती गरिएको छ । गणतन्त्र दिवसको दिन नभई संविधान जारी भएको दिन असोज ३ गते सार्वजनिक विदा दिएर राष्ट्रिय उत्सवको रुपमा मनाउने निर्णय सरकारले गरेको छ ।
२०७२ साल जेठ १५ गते भने नेपालमा विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिको शोकमा गणतन्त्र दिवस मनाइएको थिएन । देशमा गणतन्त्र आएको एक दशक बितिसक्दा पनि जनअपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनता उत्साहित हुन सकेका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…