नेपालमा यसवर्ष मनसुन अवधिमा औसत वर्षा हुने
यस वर्ष नेपालमा ढिलो मनसुन भित्रिने अनुमान मौसमविदको छ ।

२०७७ जेठ १४ बुधबार, राति ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । यस वर्षको मनसुन अवधिमा नेपालमा औसत वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।
यद्यपि, यस वर्ष नेपालमा ढिलो मनसुन भित्रिने अनुमान मौसमविदको छ । सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ ।
यस वर्ष नेपालमा कम्तीमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले गरेका छन् । दक्षिण भारतको केरला हुँदै मनसुन नेपालसम्म आउँछ । केरलामा मनसुन भित्रिने सामान्य मिति १ जुन हो । तर यस वर्ष केरलामै ५ जुनभन्दा अगाडि मनसुन नभित्रिने भनेर भारतीय मौसमविदले पूर्वानुमान गरेका छन् ।
त्यसैले नेपालमा पनि जुन १५ अगाडि मनसुन आउने संकेत नदेखिएको मौसमविद् मणिरत्न शाक्य बताउँछन् । गत वर्ष पनि नेपालमा १० दिन ढिलो अर्थात् ५ असार (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…