सप्तरीमा प्रहरीले कुटपिट गरेपछि क्वारेन्टाइनमा तनाव, भोक हड्तालमा पीडित
न्यूज ब्यूरो, सप्तरी । सप्तरीको एक क्वारेन्टाइनमा तनाव भएको छ । तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्वारेन्टाइनमा तनाव भएको हो । मंगलबार मध्यराति प्रहरीको एक टोली क्वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गरेका छन् । उनीहरुले प्रहरी ज्यादतीविरुद्ध भोक

२०७७ जेठ १४ बुधबार, दिउँसो ३:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीको एक क्वारेन्टाइनमा तनाव भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्वारेन्टाइनमा तनाव भएको हो । मंगलबार मध्यराति प्रहरीको एक टोली क्वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले नाराबाजी गरेका छन् ।
उनीहरुले प्रहरी ज्यादतीविरुद्ध भोक हड्ताल पनि थालेका छन् । स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक संजय सिंह नेतृत्वको प्रहरी टोलीले मध्यरातमा आइ क्वारेन्टाइनमा रहेकालाई कुटपिट गरेको आरोप छ । यो क्वारेन्टाइनमा १० जना महिलासहित ७३ जना छन् ।
मध्यराति प्रहरीले कोठा कोठामा छिरेर अभद्र व्यवाहार गर्दै कुटपिट गरेको उनीहरुले बताए । क्वारेन्टाइनका इन्चार्ज सन्तोषकुमार सिंहले पनि राति प्रहरी प्रवेश गरी कुटपिट गरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…