हावाहुरीले १८०० बढी कुखुरा उडाए !
सँञ्चालकको दायाँ हातको औला र खुट्टामा घर च्यापिएर चोटपटक लागेको जनाइएको छ ।

२०७७ जेठ १३ मंगलबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । सोमबार साँझ आएको हावाहुरीले १८०० बढी कुखुराको चल्लालाई मारेको हो ।
बाराको महागढीमाई नगरपालिका वडा न..५ मा रहेको बगडमपुर स्थित रूपचन्द्र पोल्ट्रि फर्ममा गए राती आएको हावाहुरी र असिना पानीले सो फर्ममा लाखौंको क्षति भएको छ ।
साथै उक्त कुखुरा फर्मको घर पूर्ण रूपमा हावाहुरीले उडाउँदा सो कुखुरा फर्ममा रहेको करिब १८०० सय कुखुराको चल्ला मरेको र घर पुर्ण रूपमा काम नलाग्ने अवस्थामा पुगेको फर्मका सँञ्चालक कौशल कुमार कलवारले बताए ।
हावाहुरी चल्ने क्रममा फर्मबाट भाग्न खोज्दा सँञ्चालकको दायाँ हातको औला र खुट्टामा घर च्यापिएर चोटपटक लागेको जनाइएको छ ।
फर्मको सबै क्षती मिलाएर करिब चार लाख बराबरको क्षती भएको फर्मका सँञ्चालक कौशल कुमार कलवारले जनाकारी दिएका छन ।
साथै यस घटनाको बारेमा महागढीमाई नगरपालिका बरियारपुर बाराको कार्यालयमा पनि यस फर्मको क्षतीपूर्तीको बारेमा जनाकारी दिने तयारी भईरहेको र स्थानिय प्रहरीले घट्नाको अनुगमन गरिसकेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…