पूर्वराजाको तस्वीर अंकित नोट अब नचल्ने
अहिले सर्वसाधारणसँग भएका राजा अंकित नोट बैंकले लिन सक्नेछ भने ति नोटहरु नोट कोषमा जम्मा गर्नुपर्नेछ ।

२०७७ जेठ १२ सोमबार, दिउँसो ४:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्बिर अंकित नोट नचलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकद्वारा जारी निर्देशनमा पूर्वराजाको तस्बीर अंकित नोटलाई बैंकबाट पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गिरकरण गर्न र त्यस्ता नोटलाई चलनचल्तिमा नपठाउन भनिएको छ ।
त्यस्ता नोट आएको खण्डमा बैंकले रातो रंङको स्लिप प्रयोग गरी त्यस्ता नोटलाई नोट कोष तथा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने छ । अहिले सर्वसाधारणसँग भएका राजा अंकित नोट बैंकले लिन सक्नेछ भने ति नोटहरु नोट कोषमा जम्मा गर्नुपर्नेछ ।
साथै झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा नबुझिने गरि रंग लागेको वा च्यातिएको नोटलाई पनि सोही प्रक्रिया अपनाउन राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देश गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…