जनकपुरमा वृहत रक्तदान कार्यक्रम हुँदै
रक्तदान कार्यक्रमको दौरान पूर्णतः सुरक्षाका साथ मात्र रक्तदान हुने जनाइएको छ ।

२०७७ जेठ १२ सोमबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीसँगै जनकपुरमा रक्तको अभाव सृजना भएपछि वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
आउँदो बुधबार जेठ १४ गते बुधबारका दिन जनकपुरको जनचोकमा वृहत रक्तदान कार्यक्रम राखिएको हो ।
जनकपुर मेडिकल स्टुडेन्ट सोसाईटी र मम्स अनलाईन मार्टको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान जीवनदान नारा सहित जनकपुरको ब्लड बैंकमा रक्त अभावका कारण अस्पतालमा समस्या हुँदै आएको भन्दै यस्तो महामारीको बेला रक्तदान गरी जीवन बचाउन आग्रह गरिएको हो ।
.png)
विहान ११ बजेदेखि जनकचोकमा हुने उक्त रक्तदान कार्यक्रममा पूर्णतः सोसल डिस्टान्सिँग (समाजिक दुरी) कायम गरी पूर्णतः सुरक्षाको साथ मात्र रक्तदान हुने जनकपुर मेडिकल स्टुडेन्ट सोसाईटीका आईटी म्यानेजर शिवम साहले जानकारी दिए ।
साहका अनुसार, कोरोनाको महामारीमा सबै पक्ष अग्रसर हुनुपर्ने आवश्यकता रहेको छ । रक्तदान कार्यक्रमको दौरान पूर्णतः सुरक्षाका साथ मात्र रक्तदान हुने जनाइएको छ ।
जनकपुरको ब्लडबैंकमा रक्त अभावका कारण अल्पायूमै कैंयो जना ज्यान गुमाएको भन्दै एक जनाको रक्तले एक जनाको जीवन बाँच्न सक्ने भन्दै रक्तदानको लागि सबै पक्षमा आव्हान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…