वीरगञ्जमा तीन सय भारतीय अलपत्र
उनीहरुको बिचल्ली अवस्था देखेपछि चार दिनयता स्थानीयले खाना खुवाइरहेका छन् ।

२०७७ जेठ ११ आइतबार, दिउँसो ३:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा घर जान हिँडेका तीन सय बढी भारतीय नागरिकहरु अलपत्र परेका छन् ।
आफ्नै मुलुक फर्कन पाउने आसमा वीरगञ्ज महानगरपालिका–१७ स्थित आईसीपी गेटमा ४र५ दिनदेखि उनीहरु अलपत्र परेका हुन् ।
नेपालको विभिन्न ठाउँबाट मजदुरी गरी फर्किएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि बिचल्ली भएको छ । उनीहरुको बिचल्ली अवस्था देखेपछि चार दिनयता स्थानीयले खाना खुवाइरहेका छन् ।
आईसीपी गेटमा भारत फर्कनेहरुको दिन प्रतिदिन भिड लाग्न थालेपछि स्थानीयमा संक्रमण फैलने त्रास समेत बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…