जसपाको प्रस्ताव : संविधान संशोधन गर्दा मधेशको माग पनि समेटौं
मधेशका जनताका मागहरू पनि समेट्नुपर्ने प्रस्तावसहित पार्टीका शीर्ष नेताहरूले देउवालाई भेटेका हुन् ।

२०७७ जेठ १० शनिबार, बेलुकी ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
नक्सा अद्यावधिकसँगै संविधानको अनुसूची संशोधन प्रस्ताव सरकारले संसदमा दर्ता गरेको अवस्थामा मधेशका जनताका मागहरू पनि समेट्नुपर्ने प्रस्तावसहित पार्टीका शीर्ष नेताहरूले शनिबार सभापति देउवालाई भेटेका हुन् ।
बैठकमा देउवाले पदाधिकारी बैठक राखेर यसबारे के गर्ने निर्णयमा पुग्ने बताएका थिए । उनले भोलि पार्टीको बैठक बोलाउने बताइएको छ ।
देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा राजपा शीर्ष नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा पुगेका हुन् । समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ पुगेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…