सपना पूरा गर्न र सिर्जनशील बन्न यस्तो सुझाब
भनिन्छ, जे हुन्छ राम्रोका लागि हुन्छ । कुनै काम नगर भन्दा वा निषेध गर्दा हामीलाई नराम्रो लाग्नु स्वाभाविक हो । तर कैयौंपल्ट भने निषेध पनि उपयोगी हुन्छ । केही महिनाअघि अमेरिकी गृह मन्त्रालय र बेलायतको यातायात मन्त्रालयले मध्य एसिया र उत्तरी अफ्रिकाको आकाश हुँदै जाने उडानमा स्मार्टफोनबाहेक अन्य इलेक्ट

२०७४ मंसिर २० बुधबार, बिहान ११:५४ बजे६ मिनेट पढाइ
भनिन्छ, जे हुन्छ राम्रोका लागि हुन्छ । कुनै काम नगर भन्दा वा निषेध गर्दा हामीलाई नराम्रो लाग्नु स्वाभाविक हो । तर कैयौंपल्ट भने निषेध पनि उपयोगी हुन्छ ।
केही महिनाअघि अमेरिकी गृह मन्त्रालय र बेलायतको यातायात मन्त्रालयले मध्य एसिया र उत्तरी अफ्रिकाको आकाश हुँदै जाने उडानमा स्मार्टफोनबाहेक अन्य इलेक्ट्रोनिक ग्याजेट्स जस्तै ल्यापटप वा ट्याब्लेटलगायत लैजान नपाइने आदेश जारी गरेका थिए ।
इन्टरनेट र इलेक्ट्रोनिक्सको युगमा मानिसका लागि जीवनदायिनी अक्सिजनजस्तो रहेका यी ग्याजेट्स बोक्न प्रतिबन्ध लगाउँदा ठूलै होहल्ला भयो, तर प्रतिबन्ध हटाइएन ।
प्रतिबन्धको मजाक उडाउँदै अरब राष्ट्र जोर्डनको रोयल जोर्डानियन एयरलाइन्सले यस्ता १२ कामको सूची जारी गर्यो, जुन काम १२ घन्टा लामो उडानमा कुनै ल्यापटप वा ट्याब्लेटको उपयोग नगरी गर्न सकिन्थ्यो । सूचीमा ११ औं नम्बरमा सुझाएको कुरा थियो– जिन्दगीको अर्थ बुझ्ने प्रयास गर्नुहोस् ।
हुन त रोयल जोर्डानियन एयरलाइन्सले यो सूची अमेरिकी र बेलायती प्रतिबन्धको मजाक उडान तयार पारेको थियो । तर एयरलाइन्सले उडानका बेला समय बिताउन दिएको सुझावमध्ये सबैभन्दा महत्वपूर्ण सुझाव नै यात्रा गरिरहँदा आफ्नो जीवनको महत्व र अर्थमाथि गहिरो सोचविचार गर्नु थियो ।
यथार्थमा यो निकै घतलाग्दो सुझाव हो । समय खाली हुँदा आफैंसँग कुराकानी गर्दै हामी आफ्नो जिन्दगीको महत्व र अर्थमाथि सोचविचार गरौं । आफूलाई समय दिऔं । आजको व्यस्त दिनचर्यामा यस्तो सोच्नु पनि निकै कठिन छ ।
हिजोआज हामीले गर्ने एउटा गुनासो हो– बालबालिका सिर्जनशील काम गर्दैनन् । त्यसो हुनुको मुख्य कारण नै हिजोआज बालबालिका हुन् वा युवा वा अधबैंसे सबै आफ्नो खाली समय स्मार्टफोन, ल्यापटप वा ट्याब्लेटजस्ता ग्याजेट्ससँग मात्र बिताइरहेका हुन्छन् ।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…