निजी विद्यालयलाई प्याब्सन र एनप्याब्सनको निर्देशन : लकडाउनमा शुल्क नमाग्नु
शिक्षा मन्त्रालयले पनि अर्को निर्णय नहुँदासम्म विद्यार्थी भर्ना, पठन पाठन, परीक्षा र शुल्क नउठाउन निर्देशन दिइसकेको छ ।

२०७७ जेठ ९ शुक्रबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । लकडाउनमा केही विद्यालयले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेको गुनासो बढेपछि निजी विद्यालय सञ्चालकहरूको संगठनले शुल्क नउठाउन निर्देशन दिएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) दुवैले यस्तो निर्देशन दिएका हुन् ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘लकडाउनका बेला कुनै पनि विद्यालयले शुल्क नउठाउनुहोला ।’ विद्यालयहरूकोे विभिन्न समस्या भए पनि अर्को निर्णय नहुँदासम्मका लागि यस्तो निर्णय गरिएको पुरी बताउँछन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालयमा शुल्क नलिन, विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र पठनपाठन गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
शिक्षा मन्त्रालयले पनि अर्को निर्णय नहुँदासम्म विद्यार्थी भर्ना, पठन पाठन, परीक्षा र शुल्क नउठाउन निर्देशन दिइसकेको छ ।
विद्यालय सञ्चालकहरू लकडाउनले गर्दा शिक्षक तथा कर्मचारीको तलब, भवन भाडा, बैंकको किस्ता व्यवस्थापन आदि गर्न कठिन भएको बताउँछन् ।
यस्तो बेलामा सरकार, सञ्चालक र अभिभावकको संयुक्त पहलबाट मात्र समस्याको निकास निकाल्न सकिने उनीहरु बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…