नेपालमा अर्की नर्समा कोरोना पुष्टि, संक्रमित संख्या ४५७ पुग्यो
नेपालमा हालसम्म ६ जना नर्समा कोरोना संक्रमण भएको छ ।

२०७७ जेठ ९ शुक्रबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ ।
बाँकेमा पहिलोपटक नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुराकी नर्स रहेको पाइएको हो ।
भेरी अञ्चल अस्पतालले उनी नर्स रहेको जनाएको छ । उनी बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–३, की ४२ वर्षकी स्थानिय बासीन्दा हुन् ।
बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा खटिएकी स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । खजुरा प्रखर अस्पतालमा कोरोना संक्रमितलाई राखिएको छ ।
संक्रमितलाई उपचार गर्नो क्रममा उनलाई कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ । नेपालमा हालसम्म ६ जना नर्समा कोरोना संक्रमण भएको छ ।
नेपाल अहिले सम्म संक्रमितको संख्या ४५७ पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…