नेपालमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ५ का २

२०७७ जेठ ७ बुधबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् ।
१० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका(५ को बेलवानी क्वारेन्टाइनमा छन् ।
यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…