पहाडीयाहरुले मानसिक गोबर ननिकाले अर्का 'सिके राउत' जन्मन्छ
पहाडीयाहरुले लगाम नलगाए यस्ता घोडाहरुलाई लगाम लगाउने हैसियत मधेशीहरुसँग निहित छ ।

२०७७ जेठ ७ बुधबार, बिहान ९:४५ बजे३ मिनेट पढाइ
सम्पादकीय । पटक पटक मधेशी मूलका नेपालीहरु उपर अपमान भइरहेको छ र सरोकारबाला मौन छ । हरेक पटक मधेशी समुदायलाई गिज्याएर, हेपेर, अपमानित गरेको नौलो कुरा होइनन् ।
गत जेठ १ गते एक टेलिभिजनमा मधेशी समुदायलाई यतिसम्म अपमान गरिएको छ की अहिले समाजिक सँजालमा सदभाव बिग्रेको जस्तो महसुस हुन थालेको छ ।
मधेसिया (मधेशी समुदाय) भनेको कुनै बाध्यताको उपनाम होइनन्, सहनशिलताको अर्को नाम हो । मधेशी विस्फोटक भए यो देशको कानुन मजबुर हुन बाध्य हुन सक्छ , कारण हामी नेपाली हौ ।
जहिले पनि मधेशी समुदायलाई घोर अपमान गरेर पछि माफी माग्ने एउटा पर्व झैं भएको छ । अपमान गर्ने पर्व र त्यसपछि साधारण रुपमा पुनः गिज्याउँदै माफी माग्ने समापन पक्कै पनि रोचक होइनन् ।
यो देशमा मधेशी आयोग भनेको वर्तमान सत्तापक्षको सोले फिल्मको “रामुकाका” मात्र हुन । मधेशी आयोग मधेशी समुदाय उपरको विभेदपूर्ण नीति, विभेदजनक शब्द, विभेदपूर्ण गतिविधि उपर निगरानी सहित समग्र मधेशको अधिकारको लागि गठन भएको आम नागरिकको बुझाई यति मात्र हो ।
गत जेठ १ गते कृषि टिभी नामक च्यानलबाट प्रसारण भएको कार्यक्रममा एक मधेसी समुदायको चरिचित्रण गरी जसरी अपमानजनक शब्दहरु, दर्शक, श्रोताले फोन वार्तालापमा भनेको शब्दहरु घोचेकै हुन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…