प्रदेश २ः पत्रकारहरुलाई ८५ लाखको 'कोरोना बीमा'
पत्रकार सँक्रमित भए १ लाख रुपैयाँ तत्कालै बीमा कम्पनीले उपलब्ध गराउने छ ।

२०७७ जेठ ५ सोमबार, राति ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । प्रदेश नं. २ को एक जिल्लाका एक स्थानीय तहले पत्रकारहरुको लागि ८५ लाखको बीमा गरिदिएको छ ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिकाले पत्रकारहरुलाई ८५ लाखको बिमा गरिदिएको हो । कोरोना संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका रौतहटका संचारकर्मीका लागी ८५ लाखको कोरोना जिवन बीमा गरिएको छ ।
नेपाल पत्रकार महासंघ रौतहटका शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागी सगरमाथा लाइफ इन्स्योरेन्सबाट कोरोना बीमा गराएको हो ।
माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा रौतहटका ८५ संचारकर्मीका लागी कुल ८५ लाखको बीमा गरिएको हो ।
माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादवले बीमाको लागी लाग्ने शुल्क बराबरको चेक पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेका छन ।
पछिल्लो समय रौतहटमा संक्रमितको सँख्या बढन थाले पछि रौतहटमा जोखिम बढेको छ । “विपतीको समयमा खटिरहेका संचारकर्मीहरुको मनोवल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उदेश्यले बीमा शुल्क रकम सहयोग गरेको हौैं ।” माधव नारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादवले भने ।
“नेपाल पत्रकार महासंघको अनुरोधमा संचारकर्मीहरुको लागी सहयोग गर्न पाउदा खुशी लागेको छ ।” संक्रमणका बेला सुरक्षित रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत उनले सुझाव दिए ।
नेपाल पत्रकार महासंघ सँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बीमा कार्यक्रममा समेटेको पत्रकार महासंघ रौतह शाखाका सचिव गौतम श्रेष्ठले बताए ।
पत्रकार सँक्रमित भए १ लाख रुपैयाँ तत्कालै बीमा कम्पनीले उपलब्ध गराउने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…