हाम्रा नगरका बालबालिकालाई बाटो बिराउन दिन्नौ : मेयर बरबरिया
विद्यार्थीहरुको लागि ३ ट्रक किताब ढुवानी गरी वितरण गरिएको बताए ।

२०७७ जेठ २ शुक्रबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरभित्रको बालबालिकाहरुको लागि जेठको पहिलो सातामै पाठयपुस्तक (किताब)को व्यवस्था गरिदिएका छन् ।
कोरोनाको महामारीमा विद्यालय बन्द तथा निरन्तर लकडाउनका कारण विद्यालयसम्म पुग्ने कुनै तुक नभएपछि घरमै स्वयंम अध्ययन (सेल्फ स्टडी) को लागि बालबालिकाहरुलाई किताब वितरण गरेका हुन् ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले निरन्तर लकडाउनका कारण घर बाहिर निस्कन समेत नपाएका बालबालिकाहरुले लकडाउनको पालना गर्दै उनीहरुले अध्ययन अध्ययापनप्रति केन्द्रीत गर्ने उदेश्यले जेठको पहिलो सातामै किताब पुरयाइदिएको हो ।
“लकडाउनको कारण सरकारको भर्ना अभियान मात्र प्रभावित भएको छ नी, भर्ना अभियान बाल विकास वा कक्षा १ तर्फ गर्ने हो । तर, कक्षा २ देखि लिएर माथिका विद्यार्थीहरुले त परीक्षा सम्पन्न गरिसकेको छ । उनीहरुको त स्तरवृद्धि गरिसकेको छ । निरन्तर लकडाउन चल्यो भने ध्यान अन्त्यै जान सक्छ । उनीहरुलाई व्यस्त पार्नको लागि यो तरिका अपनाइएको छ ।”– उनले भने ।

किताब लिन आउने विद्यार्थीका अभिभावकलाई मेयर, सम्बन्धित विद्यालयको हेडमास्टर, वडाध्यक्षको नम्बर, शिक्षा शाखाको नम्बर समेत दिने गरेको बताउँदै विद्यार्थीहरुको सहजताको लागि जति बेला पनि समन्वय गर्न सकिने बताए ।
नगरभित्र रहेको ३४ वटै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकलाई विद्यालयमै बोलाएर आ आफना बालबालिकाहरुको लागि किताब लग्न आग्रह गरिएको नगर शिक्षा समितिका स्रोत व्यक्ति धनेश्वर यादवले जानकारी दिए ।
यादवका अनुसार, बन्दाबन्दीका कारण गुणस्तरीय शिक्षा प्रदान हेतु बनाइएको शैक्षिक कलेण्डर समेत प्रयोग विहिन भएको जनाउँदै शहिदनगर नगरपालिकामा गुणस्तरीय शिक्षाको लागि अथक प्रयासरत रहेको बताउनुभयो ।
उहाँले ३२ वटै विद्यालयमा अध्ययनरत कक्षा ८ सम्मको विद्यार्थीहरुको लागि ३ ट्रक किताब ढुवानी गरी वितरण गरिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…