जनकपुरः ट्रकले ठक्कर दिँदा नर्सको मृत्यू, ३ सख्त घाईते !
ट्रक चाकल र सहचालकलाई नियन्त्रणमा राखिएको छ ।

२०७७ जेठ १ बिहीबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा ट्रकले ठक्कर दिँदा एक स्टाफ नर्स (स्वास्थ्यकर्मी) को ज्यान गएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुर नजिकै पूर्व पश्चिम राजमार्ग अन्तर्गत ठक्कर दिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
ठक्करबाट पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत बर्ष २२ की चन्द्ररेखा यादवको मृत्यु भएको हो ।
ट्रकको ठक्करपछि गम्भिर घाईते भएकी यादवलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा ल्याउँदा उपचारको क्रममा मृत्यू भएको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीका अनुसार आज (विहिबार) करिब ४ बजेति पूर्वबाट पश्चिमतर्फ आइरहेको को. १ ख २६२७ नम्बरको मालबाहक ट्रकले नर्स यादव सवार रहेको बा.५२ प ८६४८ नम्बरको मोटरसाइकललाई पुष्पवलपुरचौकमा ठक्कर दिइएको थियो ।
ठक्करबाट जनकपुर उपमहानगरपालिका वडा नं. १० जमुनिया बस्ने बर्ष २० को मोटरसाइकल चालक सिदार्थ यादव, मृतक चन्द्ररेखाको ४ बर्षिय छोरी माही यादव, नाम नखुलेको २ बर्षिय छोरा सख्त घाइते रहेको छ ।
उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चाकल र सहचालकलाई नियन्त्रणमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…