स्वास्थ्य सेवा बाहेक सम्पूर्ण कार्य बन्दको निर्णय
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीलाई मध्यनजर गर्दै धनुषाको शहिदनगर नगरपालिकाले ५ दिन कार्यलय बन्दको निर्णय गरेको छ । नगरपालिकाको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा बाहेक नगरपालिकाको सम्पूर्ण काम कारवाही बन्द गर्ने निर्णय गरिएको हो । नगरपालिकाका मेयर उदय कुमार बरबरिया (य

२०७७ जेठ १ बिहीबार, दिउँसो २:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको महामारीलाई मध्यनजर गर्दै धनुषाको शहिदनगर नगरपालिकाले ५ दिन कार्यलय बन्दको निर्णय गरेको छ ।
नगरपालिकाको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा बाहेक नगरपालिकाको सम्पूर्ण काम कारवाही बन्द गर्ने निर्णय गरिएको हो ।
नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आज (विहिबार) देखि आगामी जेठ ५ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
बन्दाबन्दी (लकडाउन) लाई पालना सहित प्रदेश नं. २ मा कोरोनाको सँक्रमण बढदै गएको तथा धनुषा जिल्लामा समेत कोरोनाको सँक्रमण बढदै गएको भन्दै यसबाट बच्नको लागि जेठ १ गतेदेखि ५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको हो ।
आगामी जेठ ६ गतेदेखि पुनः विधिवत रुपमा नगरपालिकाको काम कार्य सुचारु हुने छ । स्वास्थ्य सेवाहरु भने निरन्तर सँचालन रहने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…