मेयरले भने,“यो अस्पताललाई कोरोना अस्पताल नबनाईदिनुस”
नारायणी सिचाई कार्यालयलाई कोभिड अस्पताललाई बनाउन सकिने विकल्प अघि सारेका छन ।
२०७७ जेठ १ बिहीबार, बिहान १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश २ सरकारले बाराको जिल्ला अस्पाल कलैयालाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नगर्न कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादबले सरकारसंग आग्रह गरेका छन् ।
बाराको कलैया उपमहानगरपालिकामा रहेको कलैया अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण नगर्न राजनीतिक दल, भातृ संगठनदेखि पेशाकर्मीले समेत दबाब दिईरहेका बेलामा मेयर यादबले नगरपालिकाकोतर्फबाट विज्ञप्ती प्रकाशित गरेर यस्तो बनाएका हुन् ।
कलैया अस्पातलले दिई रहेको विभिन्न सेवाहरु इमरजेन्सी सेवा, ओपिडि सेवा, इन्डोर सेवा, प्रसुति सेवा र प्रसुति शल्यक्रिया सेवा, ल्याव सेवा अस्पताल परिसर भित्र रहेको स्वास्थ कार्यालय, बाराबाट संचालित सेवाहरु अबरुद्ध हुने भएकोले कलैया अस्पताललाई कोरोना अस्पतालमा रुपान्तरण नगर्न माग गरेको छ ।
उनले कलैया अस्पतालको विकल्पमा कलैया ५ मा रहेको नारायणी सिचाई कार्यालयलाई कोभिड अस्पताललाई बनाउन सकिने विकल्प अघि सारेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
दिपेन्द्र जयसवाल
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…