जनकपुरमा भीड पनि बढयो
बैंकहरु खुलेपछि सर्वसाधारणको भीडलाई भने नियन्त्रण गर्न सकिएको छैनन् ।

२०७७ बैशाख ३१ बुधबार, दिउँसो २:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले धनुषा र महोत्तरी सहित प्रदेशको सिरहा बाहेक सबै जिल्लामा कोरोना सँक्रमण भेटिएपनि जनकपुरमा भीड भने कम हुन सकेको छैनन् ।
आईतबारदेखि नै सरकारले बैंक तथा वितीय सँस्थानहरुलाई खोल्ने अनुमति दिएपछि बैंक तथा रेमिटयान्स काउण्टरहरुमा सर्वसाधारणको भीड उत्तिकै बढेको छ ।
जनकपुरको विभिन्न चोकमा रहेको बैंक तथा वितिय सँस्थानहरुमा सर्वसाधारणको असोचनीय भीड बढेको देखिएको छ ।
ग्रामिण भेकबाट आएका सर्वसाधारणहरुले समाजिक दुरी अर्थात कम्तीमा पनि १ मिटरको दुरी कायम नगरिदिँदा सँक्रमणको खतरालाई झन बढाबा दिएको देखिएको छ ।
जनकपुरको भानुचोक, शिवचोक, मिल्स एरिया रामचोक, मुरलीचोक एरियामा सर्वसाधारणहरुको भीड देखिएको छ । यसका साथै, सटही काउण्टरमा समेत भीड देखिएको थियो ।
जनकपुरको आसपास क्षेत्रमा कोरोना सँक्रमितको सँख्या बढेपछि बैंकहरु खुलेपछि सर्वसाधारणको भीडलाई भने नियन्त्रण गर्न सकिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…