प्रदेश २ः एम्बुलेन्समै भारतीय नागरिक ओसार-पोसार गर्दैगर्दा रँगेहात पक्राउ !
एम्बुलेन्ससहित नियन्त्रणमा लिई सशस्त्र प्रहरीले प्रहरी चौकी बलिरामपुरको जिम्मा लगाएको थियो ।

२०७७ बैशाख २९ सोमबार, दिउँसो १२:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वमा कोरोनाको महामारीका कारण लकडाउन जारी रहँदा बारामा एम्बुलेन्स मार्फत भारतीय नागरिक ओसार पोसार गरेको पाईएको छ ।
बाराको विश्रामपुर गाउँपालिकाको एम्बुलेन्समा यात्रु बोक्ने चालकसहित दुईजना कारबाहीमा परेका छन् ।
एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका– २ बस्ने २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं. ३ बस्ने २७ वर्षीय अनिल पटेल कारबाहीमा परेका हुन् ।
करोना संक्रमण नियन्त्रण र रोकथामका लागि देशभर लकडाउन चलिरहेको समयमा एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई दुई दिनअघि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भारतीय ब्यक्तिलाई एम्बुलेन्समा राखी नेपाल प्रवेश गराउँदै गरेको अवस्थामा बोर्डर आउटपोष्ट बरैनियाको टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतको पटना घर भई काठमाडौंमा बस्ने ४५ वर्षीय अमृत कुमारलाई उनीहरुले बारा विश्रामपुर गाउँपालिका– ३ स्थित मुसर्वा नाकाबाट नेपाल प्रवेश गराएका थिए ।
एम्बुलेन्ससहित नियन्त्रणमा लिई सशस्त्र प्रहरीले प्रहरी चौकी बलिरामपुरको जिम्मा लगाएको थियो ।
भारतीय नागरिकलाई भने भारतीय समकक्षी एसएसबी ४७ बटालियन डि कम्पनीलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले जानकारी दिए ।
भारतीय नागरिकलाई समकक्षीको जिम्मा लगायौं, एम्बुलेन्स चालकसहित दुई जनालाई कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाईएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…