नगरको क्वारेन्टाइनबारे गलत प्रचारवाजी भयो : मेयर गोईत
खाल्डोमा पुरिएको फोहोरको फोटो खिचेर समाजिक सँजाल सहित केही मिडियाहरुमा दिएको बताए ।

२०७७ बैशाख २९ सोमबार, बिहान ११:३७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका मेयर (नगर प्रमुख) राम उदगार गोईतले नगरपालिकाले सँचालन गरेको क्वारेन्टाइन पूर्ण व्यवस्थापन भएको बताएका छन् ।
क्वारेन्टाइन भित्रै बस्ने केही व्यक्तिले समाजिक सँजालमा गतल फोटो राखेर गलत प्रचारवाजी गरेको बताउँदै मेयर गोईतले त्यस्तो केही नभएको बताएका छन् ।
“क्वारेन्टाइनमा बस्ने नचाहनेहरुले त्यहाँबाट भाग्न खोज्दैछ, विभिन्न हतकण्डा अपनाउन खोज्दैछ , कसलाई मन लाग्छ की स्वतन्त्रताको जीवन छाडेर क्वारेन्टाइनमा बसौं, तर सरकारको नियम अनुसार हामीले गर्दा उल्टै बदनाम गर्ने प्रयास पनि उनीहरुले नै गर्ने गरेको छ ।”– उनले भने ।
क्वारेन्टाइन सँचालन भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाको क्वारेन्टाइन व्यवस्थापन समितिले अनुगमन गरेको बताउँदै मापदण्ड विपरित नभएपनि पूर्वाग्रह तवरले जनप्रतिनीधि र कर्मचारीलाई बदनाम गर्न खोजेको बताए ।
उनले नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको बेड, ओछयान, झूल, सुरक्षा समाग्रीहरु प्रदान गरिएको बताए । विहान चिया नास्ता, दिवा खाना, पुनः अपरान्ह चिया नास्ता र राती भोजनको व्यवस्था गरिएपनि समाजिक सँजाल र केही सँचार माध्यममा बेतिथिको बारेमा लेखिएकोप्रति दुःख व्यक्त गरे ।
कमला नगरपालिकाका मेयर राम उदगार गोईतको फाईल तस्विर
सो क्रममा क्वारेन्टाइनका सँयोजक एवम स्वास्थ्य शाखा सँयोजक समेत रहेका सत्यनारायण ठाकुरले अहिले ११ जना क्वारेन्टाइनमा रहेकाहरुको माग बमोजिम सबै सुरक्षा समाग्रीहरु प्रदान गरेको बताए ।
मास्क, नयाँ चप्पल, झूल, साबुन, सेनिटाइजर, ग्लोबस लगायतका समाग्रीहरु नियमित रुपमा प्रदान गर्दै आएको बताए ।
क्वारेन्टाइनको सन्दर्भमा बुझना जाँदा त्यहाँ बस्नेहरुले अन्य समाग्रीको सबै सुविधा भएको स्वीकार्दै कहिलकाँही खानामा गडबड हुने गरेको प्रतिक्रिया दिएका थिए ।
खानको सन्दर्भमा सँयोजक ठाकुरले उनीहरुको लागि खाना होटलमै बनाउने गरेको तथा कुनै दिन तलमाथि भूलवंश भएपनि खानै नहुने जस्तो खाना नहुने गरेको बताए । उनले प्रहरी, सुरक्षाकर्मी र कर्मचारीहरु पनि सोही खाना खाने गरेको थपे ।
सँयोजक ठाकुरका अनुसार, क्वारेन्टाइन सरकारको मापदण्डमै सँचालन भएपनि घर भाग्न खोज्नेहरु निहुँ खोज्दै प्रत्येक दिन नयाँ साबुन माग्ने तथा अन्य समाग्रीहरु माग्ने गरेको उनीहरुको माग बमोजिम पनि दिँदै आएको दाबी गरे ।

सो क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढानले क्वारेन्टाइन सरकारको मापदण्ड विपरित भएको पाइए कारवाही भोग्न तयार हुने बताए ।
उनले सरकारको मापदण्ड बमोजिम क्वारेन्टाइनमा सबै थोक व्यवस्था गरिएको जनाउँदै त्यस उपर वाईफाई, पँखा, चार्जरहरु समेत प्रदान गरिएको बताए ।
समाजिक सँजालको तस्विरबारे अधिकृत सढानले क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुले खाना खाएर फोहोर व्यवस्थापन गर्ने ठाउँको फोटो खिचेर हालेको बताए । उनले क्वारेन्टाइन बाहिर खाल्डो बनाएर फोहोर व्यवस्थापन सहित डस्टबिन समेत राखिएको बताए ।
उनले भने,– “जसलाई क्वारेन्टाइनप्रति शंका लागेको छ, उ सँचारकर्मी वा पत्रकारले स्वयंम आएर हेर्न आग्रह गर्दछु , जिल्ला प्रशासनको टोली नियमित अनुमगन गरिरहेको छ र हामी निर्देशन बमोजिम गरिरहेका छौं ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…