प्रदेश २ को रौतहटमा झडप, ८ जना अस्पताल भर्ना !
हाल ८ घाईते भेटिएपनि संख्या बढ्न सक्ने स्थानीयको अनुमान छ।

२०७७ बैशाख २५ बिहीबार, बिहान ११:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहटमा दुई पक्षबीच झडप हुँदा ८ जना अस्पताल भर्ना भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका नयाँ बस्ती टोलमा झडप भएको हो । वडा नम्बर ७ को नयाँबस्ती टोलमा दुई पक्ष बिच झडप हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ।
नयाँबस्तीमा बसोबास गर्न सहनी पक्ष र महतो पक्षबिच झडप भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
घाइते हुनेहरुमा सहनी पक्षका ७० बर्षीय अनुप सहनी,४० बर्षका राधे सहनी र ७० बर्षकी फुलकुमारी देबी रहेका छन् भने महतो पक्षका ४५ बर्षीय मुखा महतो,३९ बर्षका रामेश्वर राय यादब,३० बर्षका राजेन्द्र महतो,७५ बर्षकी अनिया देबी र २० बर्षी अञ्जली महतो रहेको प्रहरीले जनाएको छ ।

४ महिना अघिको झगडालाई लिएर आज पुनः दुई पक्षबिच झडप भएको स्थानीयले बताएका छन्। पुरानो रिसिबीको कारण भएको झडपमा परि हाल ८ घाईते भेटिएपनि संख्या बढ्न सक्ने स्थानीयको अनुमान छ।
उनीहरुको हात,टाउको र शरीरका अन्य भागमा चोट लागेका कारण चन्द्रपुर स्थित चन्द्रपुअस्पताल प्रालिमा उपचार भईरहेको छ।
झडप भएको स्थानमा नेपाल प्रहरी,शसस्त्र प्रहरी परिचालन गरिएको र स्थिती नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिनुभयो ।
घट्ना बारेमा अनुसन्धान भईरहेको डिएसपी शाहीले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…