डब्ल्यूएचओको टोली नेपालगञ्जमा
न्यूज ब्यूरो, नेपालगञ्ज । नेपालगञ्जको एउटै टोल र आसपासमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्यहाँ पुगेका छन् । कोरोना समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरूले समुदायमा सोधपुछ गरिरहेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । कोरोना फैलिएको क

२०७७ बैशाख २४ बुधबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, नेपालगञ्ज । नेपालगञ्जको एउटै टोल र आसपासमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्यहाँ पुगेका छन् ।
कोरोना समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरूले समुदायमा सोधपुछ गरिरहेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
कोरोना फैलिएको कारण बारे विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूले अध्ययन थालेको छ । नेपालगञ्ज वडा नम्बर ८ को महेन्द्र पार्कको एक मस्जिदमा बस्ने ११ जनाको स्वाब परीक्षण गर्दा ६० वर्षीय एक जनामा शुक्रबार पहिलो पटक कोरोना पुष्टि भएको थियो ।
त्यसपछि आइतबार उनकै सम्पर्कमा आएका थप १५ जनामा र मंगलबार बिहान थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनीहरू कसैमा पनि लक्षण भने देखिएको छैन ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरू सबैको अवस्था हालसम्म सामान्य रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…