अब कक्षा एकदेखि नै संस्कृत विषय पढाइ हुने
न्यूज ब्यूरो, काठमाडौं । सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ । यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमक

२०७७ बैशाख २४ बुधबार, दिउँसो ४:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ ।
यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ ।
यो पाठ्यक्रम विज्ञको सहयोगमा बनाएर केन्द्रले स्वीकृति दिएको हो । स्थानीय पाठ्यक्रमको रुपमा इच्छुक स्कुलले सोही पाठ्यक्रमलाई आधार मानेर संस्कृतको पढाइ सञ्चालन गर्न सक्ने केन्द्रले जनाएको छ ।
संस्कृत विषयको नाम अस्माकम संस्कृत (हाम्रो संस्कृत) दिइएको छ । यसअघि कक्षा चारदेखि ८ सम्म संस्कृत विषयको पढाइ हुन्थ्यो । तर, तत्कालिन माओवादीको द्वन्द्वका क्रममा कार्यकर्ताले स्कुल छिरेर संस्कृत विषयको पुस्तक च्यात्दै शिक्षकलाई समेत कक्षामा प्रवेश गर्न नदिने अभियान सञ्चालन गरेपछि पढाइ बन्द भएको थियो ।
सरकारले अब भने पुनः संस्कृत विषयको पठनपाठन सूचारु गर्न लागेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…