अन्तराष्ट्रिय उडान र सीमानाका जेठ १८ सम्म बन्द
खुकुलो हुनेगरी लकडाउनको मोडालिटी तय गरेको बताइए पनि सार्वजनिक भने गरिएको छैन ।

२०७७ बैशाख २४ बुधबार, दिउँसो ३:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले अन्तराष्ट्रिय उडान र सीमानाका जेड १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय रुपमै कोरोनाको महामारी बढीरहेको भन्दै बाह्य क्षेत्रबाट हुने खतरा रोक्न लागि अन्तराष्ट्रिय उडान र सीमानाका बन्द गर्ने निर्णय गरेको हो । यसअघि अन्तराष्ट्रिय उडानमा जेठ २ सम्मका लागि प्रतिबन्ध लगाइएको थियो ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपाल–भारत आवतजावतमा दुईतर्फी रोक लगाइएको थियो। सरकारले यसलाई निरन्तरता दिएर अगाडि बढ्ने निर्णय गरेको हो ।
लकडाउन थप गरे पनि सरकारले कम प्रभावित क्षेत्रमा केही खुकुलो हुनेगरी लकडाउनको मोडालिटी तय गरेको बताइए पनि सार्वजनिक भने गरिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…