सांसद यादवको आग्रह : 'नारायणी अस्पतालाई पुनः सञ्चालनमा ल्याइयोस्'
न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता एवं सांसद प्रदीप यादवले कोरोना अस्पतालमा रुपान्तरिक नारायणी अस्पताललाई साविककै अवस्थामा ल्याउन सरकारलाई आग्रह गरेका छन् । पर्सा क्षेत्र नम्बर १ का सासद यादवले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएर सो आग्रह गरेका हुन् । सोही

२०७७ बैशाख २३ मंगलबार, बेलुकी ७:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता एवं सांसद प्रदीप यादवले कोरोना अस्पतालमा रुपान्तरिक नारायणी अस्पताललाई साविककै अवस्थामा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
पर्सा क्षेत्र नम्बर १ का सासद यादवले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएर सो आग्रह गरेका हुन् ।
सोही पार्टीका अर्का सांसद उमाशंकर अरगरियाका साथमा मन्त्रालय पुगेका सांसद यादव वीरगञ्ज क्षेत्रमा स्वास्थ्य सेवाको मुख्य आधार रहेको नारायणी अस्पताललाई कोरोना अस्पताल बनाइएपछि विभिन्न समस्या उत्पन्न भएको दावी गरेका छन् ।
कोरोना अस्पताल (कोविड उपचार केन्द्र) लाई तत्काल नारायणी अस्पतालको मुल भवनबाट हटाएर त्यहाँ साबिकको सबै स्वास्थ्य उपचार सेवा आम मानिसको लागि खुल्ला गर्न उनले मन्त्री ढकालसँग माग गरेका छन् ।
नारायणी अस्पतालमा आउने आम बिरामी अहिले बीरगन्जको उपचारको लागि अन्य निजी अस्पतालमा जादा अनुचित आर्थिक दोहनमा परिरहेको र गरिब तथा बिपन्नको लागि स्वास्थ्य सेवाको आधार लगभग बन्द भएको अवस्था रहेको उनले स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
उनले अन्य ठाउँमा कोरोना अस्पताल बनाउन पनि सुझाव दिएका छन् । सोही अस्पतालको प्रशासनिक भवनभन्दा उत्तर आँखा विभागको भवन (कोभिड उपचार केन्द्र) को लागि प्रयोगमा ल्याउन सकिने सुझाव दिएका छन् ।
पर्सा, बारा र रौतहटको बीचमा पर्ने तथा सर्लाहीसम्मको बिरामीको लागि तुलनात्मक रूपमा नजिक पर्ने र स्तरीय सडकमार्ग जोडिएको वीरगन्जभन्दा मात्र ११ किलोमिटर पूर्वमा रहेको सरकारद्वारा पूर्वघोषित कोरोना अस्पताल मध्येको बारा जिल्लाको कलैया अस्पतालमा कोभिड–१९ को उपचार सेवा अबिलम्ब सञ्चालनमा ल्याएर नारायणी अस्पताललाई साविक सरह आम उपचारमा ल्याउन पनि उनले सुझाव दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…