आन्तरिक मूल्यांकन गरेर विद्यार्थीलाई एसईई उत्तीर्ण गराउन प्याब्सनको माग
चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।

२०७७ बैशाख २३ मंगलबार, दिउँसो ४:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न माग गरेको छ ।
कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तिमार्फत प्याब्सनले यस्तो आग्रह गरेको हो । यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग आफूहरूले आग्रह गरेको प्याब्सनका अध्यक्ष टीकाराम पुरी बताउँछन् ।
२०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ । चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…