आफ्नो देश जान काठमान्डौंबाट ७ दिन पैदलै हिँडे
उनीहरुलाई स्थानीय समाजसेवीहरुले खानाको बन्दोवस्त गरिदिएको थियो ।

२०७७ बैशाख २३ मंगलबार, बिहान ११:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले गरेको लकडाउनका कारण राजधानी काठमान्डौंबाट पैदल हिडेर आएका भारतीय नागरिकहरु गाउँ जान ७ दिन पैदल हिडेर आएका हुन् ।
सोमबार साँझ जनकपुरको मुरलीचोकमा विश्राम गर्दै उनीहरु आफ्नो गाउँ भारत विहारको दरभँगा जिल्ला जानुपर्ने बताएका थिए । करिक दुई दर्जन भारतीय नागरिकहरु काठमान्डौंबाट पैदल हिँडेर आएका हुन् ।
७ दिनको अन्तरमा बीच बीचमा कतै कतै कोही खाना दिन्थ्यो भने खाना नभएको खण्डमा भोकै हिडने बाध्यता रहेको बताएका थिए । सोही समूहका एक जनाले आफूहरु ७ दिनमा ४ दिन मात्र खाना खाएको बताए ।

विहारको दरभँगा जिल्ला सहित मधुवनीका समेत उनीहरु काठमान्डौंमा मजदुरहरु काम गर्दै आएका थिए । सरकारले लकडाउन गरेपछि खानाको अभावमा काठमान्डौं छोडनु परेको बताए ।
लकडाउनमा मजदुरी समेत गुमेको बताउँदै उनीहरुले जे भएपनि आफ्नै देश र आफ्नै गाउँ जाने निधोपछि ७ दिनसम्म पैदल हिँडेर आएको बताए ।
सो क्रममा बोर्डरमा सुरक्षाकर्मी रोक्ने भनेपछि उनीहरुले जसरी पनि जानुपर्ने बाध्ता रहेको तथा सुरक्षाकर्मी रोकेपनि बस्ने बताए । उनीहरुलाई स्थानीय समाजसेवीहरुले खानाको बन्दोवस्त गरिदिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…