तराईको आकाशमा बादल, केहि स्थानमा वर्षा, यस्तो छ ३ दिनको पूर्वानुमान
आज मंगलबार विहानदेखि तराईसहित देशैभर राम्रोसँग घाम लागेको छैन ।

२०७७ बैशाख २३ मंगलबार, बिहान १०:५२ बजे२ मिनेट पढाइ
आज मंगलबार विहानदेखि तराईसहित देशैभर राम्रोसँग घाम लागेको छैन ।

२०७७ बैशाख २३ मंगलबार, बिहान १०:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज मंगलबार विहानदेखि तराईसहित देशैभर राम्रोसँग घाम लागेको छैन ।
आकाशमा ड्याम्म बादल छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल नेपालमा ४ वटा वायु प्रणालीको प्रभाव रहेको छ ।
विभागले बिहान ६ बजे बुलेटिन जारि गर्दै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जनाएको हो ।
यसको कारण हाल देशको पश्चिमी भुभागमा पूर्ण बदलि भई केहि स्थानहरुमा वर्षा भइरहेको र बाँकी भुभागमा सामान्य बदली रहेको विभागले जनाएको छ । विभागका अनुसार आगामी ३ दिनसम्म वर्षाको सम्भावना रहेको छ ।
आगामी ३ दिनसम्मै वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
यस्तो छ विभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान
बैशाख २३ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी भूभागमा पूर्ण बदली र बांकि भुभागमा सामान्य बदली रहनेछ । देशको पश्चिमी भूभागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख २४ गते (बुधबार)
दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केहि स्थानहरूमा साथै पुर्वी र मध्य तराईका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख २४ गते (बिहीबार)
दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउसो पश्चात सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केहि स्थानहरूमा साथै तराईका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


देश काल
देश काल

देश काल

देश काल
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…