वीरगञ्जमा अझै पत्ता लागेन कोरोना संक्रमणको श्रोत
ट्राभल हिष्ट्रीबारे थप बुझ्ने र कन्ट्याक्ट ट्रेसिङलाई निरन्तरता दिइएको छ ।

२०७७ बैशाख २२ सोमबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा तीन जना भारतीय नागरिक निको भएर डिस्चार्ज भइसकेका छन् ।
तर, उनीहरुमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को स्रोत पत्ता लागेको छैन । त्यसपछि एक सफाइकर्मीमा कोरोना देखियो । उनको कन्ट्याक ट्रेसिङ भइरहँदा आइतबार वीरगञ्ज–३ छपकैयाका ३६ बर्षीय युवकमा कोभिड–१९ संक्रमणको पुष्टि भयो ।
उनको ट्राभल हिस्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङ थालिएको छ । तर संक्रमितको प्रत्यक्ष सम्पर्कमा पुगेको र संक्रमण फैलिएको ठाउँमा गएको ट्राभल हिष्ट्री नभएका कारण उनी कसरी संक्रमित भए भन्ने यकिन हुन सकेको छैन ।
यसअघि संक्रमण देखिएका सफाइकर्मी पनि वडा ३ कै हुन् तर उनीहरुबीच प्रत्यक्ष सम्पर्क भएको देखिँदैन । यद्यपि ३६ वर्षीय संक्रमित वडामा राहत वितरणसम्वन्धी छलफलका लागि आयोजना गरेको सर्वदलीय बैठक र वैशाख १० गते वडामा भएको राहत वितरण कार्यक्रममा सहभागी भएको खुलेको छ ।
ट्राभल हिष्ट्रीबारे थप बुझ्ने र कन्ट्याक्ट ट्रेसिङलाई निरन्तरता दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…