बारामा राहतमा कालोबजारी गर्ने ६ जना ६३ लाख ८२ हजार धरौटीमा रिहा
न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा राहतको मसुरो दालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका ६ व्यापारी धरौटीमा रिहा भएका छन् । बारा प्रहरीले अनुसन्धान गरीरहेकै अवस्थामा बाराका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा पक्राउ परेका ६ जना उद्योगीलाई धरौटीमा रिहा गरेको हो । उनीहरु सबै जना ६३ लाख ८२ हजार घरौटीमा

२०७७ बैशाख २२ सोमबार, दिउँसो १२:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा राहतको मसुरो दालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका ६ व्यापारी धरौटीमा रिहा भएका छन् ।
बारा प्रहरीले अनुसन्धान गरीरहेकै अवस्थामा बाराका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा पक्राउ परेका ६ जना उद्योगीलाई धरौटीमा रिहा गरेको हो । उनीहरु सबै जना ६३ लाख ८२ हजार घरौटीमा रिहा भएका हुन् ।
बारोको परवानीपुर ४ चैनपुरमा रहेको नारायणी मोडर्न पल्सेस ईण्डष्ट्रिजका सञ्चालक र प्रतिनिधि, बारा ९ छातापिपरामा रहेको श्रीकृष्ण आधुनिक दाल उद्योगका सञ्चालक र प्रतिनिधि, बाराकै परवानीपुर ४ लिपनीमालमा रहेको महाविर ओभरसिज प्रालिका सञ्चालक र प्रतिनिधिलाई धरौटी राखेर साधारण तारेखमा रिहा गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
नारायणी मोडर्न पल्सेसका सञ्चालक उद्योगपति वीरगञ्ज ६ का मोहनलाल चाचान अग्रवाललाई १८ लाख ५० हजार र प्रतिनिधि भारत राजस्थान जिल्ला झुनझुन ग्राम डाबडीधीर सिंह १ का सुनिल शर्माले १ लाख ५० हजार, कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक वीरगञ्ज ६ कै पवन कुमार साहले १९ लाख १७ हजार र उनका प्रतिनिधि भारत बिहार जिल्ला गोपालगंज प्यारेपुर २ का सुरेश प्रसादसँग १ लाख ५० हजारसँग धरौटी रकम असुल गरिएको छ ।
त्यसैगरी महाविर ओभरसिज प्रालिका सञ्चालक मुक्ती कुमार अग्रवालसँग २१ लाख ६५ हजार र उनका प्रतिनिधि धनुष मुखियापट्टी मुसहरमनिया गाउँपालिका ४ का सन्तोष कुमार झासँग १ लाख ५० हजार धरौती रकम जम्मा गराएर साधारण ताहेकमा रिहा गरेको बाराका प्रहरी नायब उपरिक्षक गौत्तम मिश्रले बताए ।
लकडाउनको मौका छोपी यी उद्योगहरुले बढी मूल्यमा मसूरोको दाल विक्री गरेको जनगुनासो आएपछि अनुगमन गएका समितिको प्रतिवेदनको आधारमा प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ बमोजिकम कालोबजारी गरेको आरोपमा वैशाख १४ गतेदेखि उनीहरुलाई पक्राउ गरेको थियो ।
मुक्ती अग्रवाललाई प्रहरीले शनिबार राती मात्र वीरगञ्जबाट पक्राउ ल्याएको थियो, जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गरीरहेकै अवस्थामा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा ती उद्योगीहरुलाई धरौटी जम्मा गराएर साधारण तारेखमा रिहा गरेको सीडीओ पण्डितले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…