तराईसहित देशभर हावाहुरी-वर्षाको सम्भावना, सतर्क रहन आग्रह
न्यूज ब्यूरो, जनकपुरधाम । देशैभरका केही स्थानमा आज पनि हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसस पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार, देशभरका ‘कही स्थान’ भन्नाले पहाड तराई दुबै भेगका कुनै पनि स्थानमा वर्षा हुन सक्ने भनिएको हो । पश्चिमी क्षेत्रका केही स्थानमा अहिले

२०७७ बैशाख २२ सोमबार, बिहान ७:४७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । देशैभरका केही स्थानमा आज पनि हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसस पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार, देशभरका ‘कही स्थान’ भन्नाले पहाड तराई दुबै भेगका कुनै पनि स्थानमा वर्षा हुन सक्ने भनिएको हो । पश्चिमी क्षेत्रका केही स्थानमा अहिले पनि वर्षा भइरहेको र त्यो प्रणाली पूर्व सर्ने क्रममा रहेको मौसमविद् गंगा नगरकोटीले बताइन् ।
नगरकोेटीका अनुसार, यो प्रिमनसुनको सिजन भएकाले साथमा हावाहुरी र चट्याङको पनि सम्भावना रहेको छ । उनले सबैलाई सतर्क भएर बस्न आग्रह पनि गरिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…