महोत्तरीमा अज्ञात मृत्यु प्रकरण : मृतकको संख्या १२ पुग्यो
मदिरा नखानेको पनि मृत्यु भएपछि वास्तविक कारण खुल्न सकेको छैन ।

२०७७ बैशाख २२ सोमबार, बिहान ७:३३ बजे१ मिनेट पढाइ
मदिरा नखानेको पनि मृत्यु भएपछि वास्तविक कारण खुल्न सकेको छैन ।

२०७७ बैशाख २२ सोमबार, बिहान ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा अज्ञात कारणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
भंगहा नगरपालिका ७ हरकपुरका थप एकजनाको आइतबार मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो । ज्यान गुमाउनेमा हरकपुरका ५८ वर्षीय रुपनारायण सिंह दनुवार छन् ।
यसअघि वडा ७, ६ र बर्दिबास नगरपालिका १२ मा गरी एक ११ जनाको अज्ञात कारणले मृत्यु भएको थियो । वैशाख १६ गतेदेखि २२ गतेसम्म ६ दिनमै १२ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
उनीहरुको पोस्टमार्टम रिपोर्ट अहिलेसम्म आएको छैन । कोरोना आशंकामा दुई जनाको परीक्षण गर्दा दुबैको पीसीआर र आरडीटी रिपोर्ट दुवै निगेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
मृतकमध्येका अधिकांशले नियमित मदिरा सेवन गर्ने गरेको पाइएकाले उनीहरुको मृत्यु पनि विषाक्त मदिराकै कारणले भएको हुन सक्ने आशंका गरिएको छ । तर, केही मदिरा नखानेको पनि मृत्यु भएपछि वास्तविक कारण खुल्न सकेको छैन ।
उनीहरुको मृत्युको कारण विषयमा स्वास्थ्य कार्यालय महोत्तरी, जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरी, ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौं टेकु र डब्ल्युएचओको टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
५३ मिनेट अगाडि
जनकपुरमा खुकुरी देखाएर फेसबुकमा राखेका पटेल घरबाटै उठाईए२ घण्टा अगाडि
जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान३ घण्टा अगाडि
आज नवरात्र (दशैँ) को दोस्रो दिन किन गरिन्छ 'ब्रह्मचारिणी' को पूजा, यस्तो छ पूजाविधि१४ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा
गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज

१४ घण्टा अगाडि
१५ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामदगाउँ / समाज
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…