जनकपुरमा कुकुरहरुलाई 'बिरयानी', गाईलाई 'घाँस र रोटी'
उनीहरुले अबदेखि लकडाउन अवधीभर निरन्तर सडकका जनावरहरुलाई खाना खुवाउने बताएका छन् ।

२०७७ बैशाख २१ आइतबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण सडकमा बस्ने कुकुर र गाईहरुलाई जनकपुरका युवाहरुले खान खुवाउने सुरु गरेको छ ।
जनकपुरभरिमा भोकै रहेका सडके कुकुर र छाडा गाईहरुलाई युवाहरुले शनिबारदेखि खाना खुवाउने अभियान सुरु गरेको छ ।
लकडाउनका कारण मानव मात्र प्रभावित नभएर मानवका कारण सडके जनावरहरु समेत प्रभावित भएको भन्दै युवाहरुले यो अभियान सुरु गरेको छ ।
जनकपुरका युवा राकेश चौधरीको नेतृत्वमा युवाहरुको एक टिमले सो अभियान सुरु गरेको हो । शनिबारबाट थालिएको सो अभियानमा जनकपुरको विभिन्न चोक, चौराहा, गल्लीमा रहेको कुकुरहरुलाई दुधभात खुवाएको छ ।

चौधरीका अनुसार, आज कुकुरहरुलाई बिरयानी खुवाइने छ भने गाईवस्तुको लागि घाँस र रोटीको समेत व्यवस्था गरिनेछ । उनका अनुसार, घाँस खरिद गरेर वा काटेर ल्याइने छ ।
लकडाउनका कारण कैयौ दिनदेखि पेट भरि खान नसकेका सडके जनावरहरुप्रति दया लाग्नु मानवको स्वभाव भएको बताउँदै उनीहरुको पनि हामीजस्तै परिवार भएको बताए ।
दिपेन्द्र यादव, अविनाश सिँह, सँजय साह, रोहित सिँह राजपुत, अन्जन साह लगायतका युवाहरुको टिमले शनिबार जनकपुरको विभिन्न ठाउँमा गएर कुकुर तथा गाईहरुलाई खाना खुवाएको हो । शनिबार कुकुरहरुलाई दुधभात खुवाइएको हो ।

उनीहरु बोल्न सक्दैनन, जनावर निमुखा छन, भोकै छु भनेर बोल्न सक्दैनन, मानिसको आवागमन कम भएको छ, फोहोर पनि कम भएको छ । दिने पनि छैन , यस्तो अवस्थामा ती निमुखाहरुको चित्कार पनि सुन्नुपर्छ ।– टिमका अविनास सिँहले भने ।
उनीहरुले अबदेखि लकडाउन अवधीभर निरन्तर सडकका जनावरहरुलाई खाना खुवाउने बताएका छन् ।
युवाहरुले थालेको यो अभियानमा स्थानीय समाजसेवी र दाताहरुले समेत पारदर्शी रुपमा सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…