सीमावर्ती क्षेत्र उच्च जोखिममा, विशेष सतर्कता जरुरी
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ । सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ । सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमित

२०७७ बैशाख २० शनिबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ ।
सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ । सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमित पहिचानका लागि परीक्षणको दायरा विस्तार गरेसँगै सीमावर्ती क्षेत्रमा बढी संक्रमित भेटिएका छन् ।
नेपाल र भारतबीच १ हजार ७ सय ५१ किलोमिटर खुला सीमा छ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ ।
पश्चिमी मात्र नभएर पूर्वी र मध्य क्षेत्रका सीमावर्ती क्षेत्रमा पनि जोखिममा रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने जरुरी देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…