प्रदेश २ मा १६ जना आइसोलेसनमा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमणको आशंकामा १६ जनालाई आइसोलेसनमा राखिएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा ८ जना, बाराको सिमरास्थित अस्थायी आइसोलेसन अस्पतालमा ७ जना र सिराहाको महेन्द्र गेनाई अस्पतालमा एक जना आशंकितलाई राखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिर

२०७७ बैशाख १९ शुक्रबार, राति ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमणको आशंकामा १६ जनालाई आइसोलेसनमा राखिएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा ८ जना, बाराको सिमरास्थित अस्थायी आइसोलेसन अस्पतालमा ७ जना र सिराहाको महेन्द्र गेनाई अस्पतालमा एक जना आशंकितलाई राखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार १६ जनाकै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । प्रदेश २ मा हालसम्म १२ जना कोरोना संक्रमित फेला परेका छन् । यसमध्ये ४ जना स्वस्थ्य भएर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेशमा हालसम्म दुई हजार तीन सय ८५ जनाको स्वाब परीक्षण गर्दा १२ जनाको पोजेटिभ देखिएको हो । चार सय ६५ जनाको नतिजा आउन बाँकी छ भने अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेशमा शुक्रबारसम्म पाँच हजार एक सय ६१ जनाको र्यापिड टेस्ट गरिएको छ । यसमध्ये १० जनाको पोजेटिभ देखिएपनि पीसीआर रिपोर्टमा नेगेटिभ देखाइसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…