वैशाख २५ पछि लकडाउन केही खुकुलो हुनसक्ने
नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको स्पष्ट पारे ।

२०७७ बैशाख १९ शुक्रबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेकोे छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् ।
सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए ।
कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए । कोरोनाका कारण दीर्घरोगी र अन्य बिरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।
मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरुले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको स्पष्ट पारे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…