धनीहरुले वडाध्यक्ष धम्काएपछि राहत वितरण स्थगित
यसअघि केही जनालाई ५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ किलो तेल सहितको राहत वितरण गरेका थिए ।

२०७७ बैशाख १९ शुक्रबार, दिउँसो २:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक पालिकामा वडाध्यक्षलाई राहतको लागि धम्काएपछि राहत वितरण कार्य स्थगित गरिएको छ ।
धनुषको धनौजी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष मो. कलिम साफीलाई स्थानीयहरुले आफूलाई पनि राहत दिन धम्की दिएपछि राहत वितरण कार्य स्थगित गरिएको जनाइएको छ ।
उक्त वडामा अति गरिब, विपन्न, ज्यालादारीका व्यक्तिहरुको लागि मात्र राहतको व्यवस्था गरिएपनि धनी वर्गका सर्वसाधारणहरुले समेत नाम लिस्ट लेखाएपछि राहतमा समस्या भएको भन्दै वितरण कार्य स्थगित गरिएको हो ।
गरिबहरुको लागि अधिक रुपमा राहत व्यवस्थापन गरिएपनि सर्वदलिय समितिले आ आफनो पार्टीका मान्छेहरुलाई राहत लिनको नामावलीमा नाम राखेपछि राहतको मात्रामा कमि भएको बताइएको छ ।
यसका साथै, धेरै दिनदेखि प्याक भएको कारण चामल समेत खराब भएको भन्दै राहत वितरण कार्य स्थगित गरिएको हो । वडाध्यक्ष साफीले मध्यम वर्गीय र धनी वर्गीय नागरिकले समेत राहतको लागि धम्की दिने गरेको गुनासो पोखे ।
यसअघि केही जनालाई ५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ किलो तेल सहितको राहत वितरण गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…