रौतहटका कोरोना सँक्रमितको परिवार र आफन्तमा भेटिएन कोरोना
परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

२०७७ बैशाख १९ शुक्रबार, दिउँसो १२:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । रौतहटमा मंगलबार कोरोना भाईरसको संकमण भएकाहरुको परिवार र आफन्तको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमण भेटिएका विरामीका आफन्त र परिवारमा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।
मंगलबार रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालीकामा २ जना संक्रमितहरु फेला परेपछि उनीहरुको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा गरिएको मास परिक्षणको क्रममा नेगेटिभ रिपोर्ट आएका हुन्।
रौतहटमा बुधबारबाट सुरु भएको मास परिक्षण अन्तर्गत हालसम्म चन्द्रपुर नगरपालीकाको २३ जना, देवाहीगोनाही नपाको १३, ईशनाथ नपाको १९, कटहरिया नपाको ३१, फतुवा विजयपुर नपाको ३ तथा गौर र गरुडा नगरपालीकाको १—१ जनाको परिक्षण गरिएको छ ।
परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
रौतहटमा अहिलेसम्म ३ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ भने एकजना भने निको भएर घर फर्किसकेका छन् ।
रौतहटको वृन्दावन र देवाहीगोनाही नगरपालीकाका २ जना संक्रमितहरु बिरगंजमा अवस्थित नारायणी उपक्षेत्रीय कोरोना विशेष अस्पतालमा उपचाररत छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…