प्रदेश नं १ मा कोरोना सँक्रमित सँख्या ३१ पुग्यो
देशभरिबाट अहिलेसम्म जम्मा १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

२०७७ बैशाख १६ मंगलबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, विराटनगर । प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ ।
प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८ सय २८ जना र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको छ ।
प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् ।
प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु. २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।
देशभरिबाट अहिलेसम्म जम्मा १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ । जसमध्ये ५२ जनामा सँक्रमण देखिएको छ भने १६ जना निको समेत भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…