सांसद अपहरण प्रकरण : जाहेरी दर्ता हुने
न्यूज ब्यूरो, काठमाडौं । तत्कालिन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको ‘अपहरण प्रकरण’ कानुन अनुसार जाहेरी दर्ता हुने भएको छ । घटना भएको भनिएको महोत्तरी जिल्लामा गएर दर्ता गर्नुपर्ने भएको हो । अपहरण प्रकरणमा मुछिएकाहरु सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल विरुद्धको क

२०७७ बैशाख १५ सोमबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । तत्कालिन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको ‘अपहरण प्रकरण’ कानुन अनुसार जाहेरी दर्ता हुने भएको छ ।
घटना भएको भनिएको महोत्तरी जिल्लामा गएर दर्ता गर्नुपर्ने भएको हो । अपहरण प्रकरणमा मुछिएकाहरु सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल विरुद्धको किटानी जाहेरी कानुन अनुसार दर्ता हुने भएको हो ।
जाहेरी दर्ता गर्न प्रहरी हेडक्वाटरले निर्देशन दिएको छ । प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले कानुन अनुसार जाहेरी दर्ता गर्न निर्देशन दिएको जानकारी दिए । दर्ता गर्न नमाने त्यसको पनि कानुनी बाटो खुल्ला रहेको बताए ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले जाहेरी दर्ता गर्न महोत्तरी प्रहरीलाई निर्देशन दिएको बुझिएको छ । आइतबार काठमाडौं प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।
सुरेन्द्र यादवलाई लिएर जनता समाजवादी पार्टीका नेताहरु हिजो जाहेरी दर्ता गर्न पुगेका थिए । उनीहरुले बस्नेत, श्रेष्ठ र खनालले अपहरण गरेको आरोप लगाउँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…