नेकपा विवाद : मन्त्रीपरिषद् पुनर्गठनको प्रस्ताव, भोलि स्थायी कमिटी बैठक
अध्यक्ष प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीलाई बजेटअघि नै प्रधानमन्त्रीबाट हटाउने तयारी शुरु गरेका छन् ।

२०७७ बैशाख १५ सोमबार, बेलुकी ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फका नेताहरुबीच मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसले स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको छ ।
प्रधानमन्त्रीमाथिको असन्तुष्टि र पार्टीभित्रको विवाद चर्किदै गएका बेला यस्तो सहमति बनेको हो । यस्तै, नेपाल समूहसँगको वार्तामा ओली समूहका नेताहरूले मन्त्रिपरिषद् पुनर्गठन गरेर कमी–कमजोरी सच्याउँदै अघि बढ्न प्रस्ताव पनि गरेको श्रोतले जनाएको छ ।
वार्तामा प्रधानमन्त्री ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् । त्यस्तै, नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए । यसअघि आज सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो ।
पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि द्विपक्षीय वार्ता तीव्र पारिएको छ । प्रधानमन्त्री ओलीले पार्टी निर्देशनविपरीत कार्य गरेको, एकलौटी रुपमा निर्णय गर्ने गरेको भन्दै नेकपाभित्रको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल पक्ष असन्तुष्टि रहँदै आएको छ ।
अध्यक्ष प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीलाई बजेटअघि नै प्रधानमन्त्रीबाट हटाउने तयारी शुरु गरेका छन् । प्रधानमन्त्री ओली पक्ष भने नेपाल पक्षसँग सहमति गरी सत्ता टिकाउने प्रयासमा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…