सरकारविरुद्ध विपक्षी तीन दलको मोर्चाबन्दी, सर्वसत्तावादविरुद्ध लड्ने बाचा
तीन दलले लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिँदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएका निष्कर्ष निकालेका छन् ।

२०७७ बैशाख १५ सोमबार, बेलुकी ६:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित तीन राजनीतिक दलले जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
सोमबार दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूको बैठकले सांसद यादवलाई अपहरण शैलीमा जनकपुरबाट काठमाडौं ल्याउनेहरूलाई कानुनी कारबाहीको माग गरेको हो ।
‘सरकारले लोकतान्त्रिक मूल्य र मान्यता तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सासद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भर्त्सना गर्दछ र अपराधमा संलग्न व्यक्ति हरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग पर्छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
तीन दलले लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिँदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएका निष्कर्ष निकालेका छन् । स्वेच्छाचारी र सर्वसत्तावादी प्रवृत्तिविरूद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकतावद्ध भई संघर्ष गर्ने उनीहरूको प्रतिवद्धता छ ।
तीन दलले कोरोनाभाइरसको संक्रमण सन्दर्भमा गरिएको लकडाउनले नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस कार्ययोजना सरकारले दिन नसकेको दाबी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…