सिरहा : गाउँमै पुगेर अस्पतालको सेवा
न्यूज ब्यूरो, सिरहा । सरकारले कोरोना भाइरसको जोखिम कम गर्न गरेको लकडाउनका बेलामा समान्य विरामीहरु पनि शहर बजारको अस्पताल आउन कठिनाई भोग्दै आएका छन् । यस्तो बेला चन्द्र नारायण यादव मेमोरियल मेटर्निटी अस्पताल सिरहा माडरले सिरहा नगरपालिकाभित्रका गाउँगाउँमै पुगेर स्वास्थ्य सेवा पुर्याउन थालेका छन् । अस्

२०७७ बैशाख १५ सोमबार, दिउँसो १:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सरकारले कोरोना भाइरसको जोखिम कम गर्न गरेको लकडाउनका बेलामा समान्य विरामीहरु पनि शहर बजारको अस्पताल आउन कठिनाई भोग्दै आएका छन् ।
यस्तो बेला चन्द्र नारायण यादव मेमोरियल मेटर्निटी अस्पताल सिरहा माडरले सिरहा नगरपालिकाभित्रका गाउँगाउँमै पुगेर स्वास्थ्य सेवा पुर्याउन थालेका छन् ।
अस्पतालले स्थानीय प्रशासनसँग निःशुल्क घुम्ती ज्वरो किल्निक संचालनको अनुमतिले सेवा सुरु गरेको हो । पहिलो दिन लगडीगोठ गाउँमा सेवा संचालन गरेको अस्पतालका प्रमुख डाक्टर सुभाषचन्द्र यादवले जानकारी गराए । उनका अनुसार नगरका वडाअध्यक्षहरुसँग समन्वय गरी गाउँगाउँमा गएर विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिँदैछ ।
लकडाउनको समयमा गाउँबाट मानिसहरु समान्य विरामी पर्दा पनि उपचार पाउन कठिनाई भोगिरहेको छ । आवतजावतमा समस्या छ । सेवा भावले निःशुल्क घुम्ती किल्निक संचालन गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्य चेकजाँच सँगै औषधी पनि वितरण गरिएको छ ।
घुम्ती किल्निकको सेवाले जनताले गाउँमा उपचार पनि पाएको छ । अर्को्तिर गम्भिर प्रकृतिका विरामीहरुलाई पहिचान हुन सक्ने अस्पतालले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…